arrow

नेपाल डिस्टिलरिजले जित्यो आईडब्ल्यूएससी अवार्डमा तीन पदक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २५ शुक्रबार
distilleries-khukuri-81-2-2.jpg

काठमाडौँ । द नेपाल डिस्टिलरिज प्रालीले स्पिरिट उत्पादनमा आफ्नो विश्वव्यापी स्तर र परिचय कायम गर्दै तीन प्रतिष्ठित पदक हासिल गरेको छ । 

‘इन्टरनेशनल वाइन एन्ड स्पिरिट्स कम्पिटिसन’ अवार्ड २०२४, डिस्टिलरीको तीन मुख्य उत्पादनहरूले एक सिल्भर(रजत) र दुई ब्रन्ज(कांस्य) मेडल प्राप्त गरेको हो । आईडब्ल्यूएससी अवार्ड एक विश्वव्यापी वाइन तथा स्पिरिट प्रतियोगिता हो, जसले सन् १९६९ देखि विश्वभरका उत्कृष्ट स्पिरिटहरू पहिचान तथा पुरस्कृत गर्दै आएको छ । 

द नेपाल डिस्टिलरिजको सबैभन्दा पुरानो र लोकप्रिय उत्पादन ‘खुकुरी XXX रम’ ले ८८ अंकसहित ‘ब्रन्ज मेडल’ प्राप्त गरेको द नेपाल डिस्टिलरीज प्रालीले जनाएको छ । मौलिक नेपाली स्वादसहितको ‘खुकुरी स्पाइस्ड रम’ लाई ८९ अंकसहित ‘ब्रन्ज मेडल’ प्रदान गरिएको छ । साथै अर्को उत्पादन ‘न्युड सुपेरियर भोड्का’ ले ९१ अंकसहित ‘सिल्भर मेडल’ हासिल गरेको छ । 

‘आईडब्ल्यूएससी’ को नौ-सदस्यीय निर्णायक प्यानलमध्ये ग्लोबल रम एम्बेसेडर इयान बरेल पनि सहभागी थिए । उनी हाल नेपालमा खुकुरी रम उत्पादन-शील्प तथा अद्वितीय स्वादको पहिचान गर्दै नेपाली रम-संस्कृतिका निम्ति प्रबर्द्धनात्मक तथा प्रशिक्षणात्मक कार्यक्रम गरिरहेको डिस्टिलरिजले जनाएको छ ।

द नेपाल डिस्टिलरिज प्रालीका महाप्रबन्धक सुभास लामिछानेले अवार्डबारे उत्साह जनाउँदै भने, “द नेपाल डिस्टिलरिजको स्थापनाकालदेखि नै हामीले प्रिमियम स्पिरिट उत्पादनका लागि उच्चकोटीको सामग्री, उच्चस्तरको प्रक्रिया, अत्याधुनिक प्रविधि र उत्कृष्ट उत्पादन-शिल्पको निरन्तर उपयोगमा समर्पित छौँ । यो प्रतिष्ठित अवार्डले हाम्रो यही लगाव र कुशलतालाई मान्यता दिएको छ र विश्वमाझ नेपाली स्पिरिटको गुणस्तरलाई चिनाउने माध्यम बनेको छ । यसले हामीलाई उत्साहित त बनाएको छ नै साथै विश्वस्तरको स्पिरिट उत्पादन गर्ने हाम्रो भिजनमा दृढ रहन अझै प्रेरणा दिएको छ । हामी हाम्रो विश्वभरका सम्मानित ग्राहकहरूमाझ यो नयाँ उपलब्धिको खुशीसहित आभार व्यक्त गर्न चाहन्छौँ जसको निरन्तर साथ र दोहोरो प्रतिक्रिया हाम्रो उत्पादनको सफलताको लागि अपरिहार्य थियो ।”

सन् १९५९ मा पहिलो पटक उत्पादन भएको खुकरी XXX रमले आफूलाई ‘ओरिजिनल हिमालयन रम’को रूपमा स्थापित गरेको जनाउँदै खुकुरी XXX रम हरेक पल, उत्सव, र कथाको एक रोचक हिस्साको रूपमा रहिआएको दाबी गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ