arrow

गाँजाको व्यावसायिक उत्पादन र अध्ययन कानूनी रूपमा तत्काल सहज बनाउन निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २५ शुक्रबार
arju-rana-deuba-02-.jpg

काठमाडौँ । गाँजाको व्यावसायिक उत्पादन र अध्ययन अनुसन्धानका लागि कानूनी रूपमा सहज बनाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । 

समिति बैठकमा बोल्दै समिति सभापति डा.आरजू राणाले बजेटमा उल्लेख गरेको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने कानून निर्माण गर्ने विषयलाई कार्यान्वयन सहज वातावरण बनाउन गृह र अर्थ मन्त्रालयलाई अनुरोध गरिन् । 

उनले गाँजा खेतीका विषयमा सबै नागरिकलाई सरकारले गरिरहेको काम र नीतिका विषयमा चासो बढाएको बताइन् । उनले गृह मन्त्रालयबाट शुरु हुने पर्ने प्रथम पाइलालाई मन्त्रालयले एक महिना भित्र नियमावली बनाउने प्रतिबद्धता सकारात्मक भएको बताइन् । 

उनले एक महिना भन्दा पनि आगामी भाद्र महिनासम्म गृह मन्त्रालयले बनाउने नियमावली बनाएर समितिलाई बुझाउन आग्रह गरिन् । उनले तीन महिनासम्म सरकारले गर्ने काम हर्ने आवश्यकता अनुसार उपसमिति बनाएर गाँजा खेतीको विषयमा आवश्यक काम गर्ने बताइन् । उनले अर्थ र गृह मन्त्रालयलाई गाँजा व्यावसायिक उत्पादन गर्ने लगायत विषयमा भएको छलफल कार्यान्वयन गरेर लैजान निर्देशन दिइन् ।

उनले गाँजा खुला गर्दा हुने नकारात्मक पक्षलाई पनि आत्मसाथ गरेर जानुपर्ने बताइन् । उनले गाँजाको अध्ययन र अनुसन्धान गर्न तत्काल बाटो खोल्न गृह मन्त्रालयलाई अनुरोध गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ