arrow

सरकारी जग्गा अन्य प्रयोजनमा प्रयोग गर्नेलाई कारबाही गर्न निर्देशन [भिडियो]

सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेलाई यथाशीघ्र कारबाही गर्न समेत निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २५ शुक्रबार
rishikesh-pokhrel-02-25.jpg

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सरकारले उपलब्ध गराएको जग्गा अन्य प्रयोजनमा प्रयोग गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ । शुक्रवार  बसेको समितिको बैठकले  निश्चित प्रयोजनका लागि उपयोग गर्न सरकारले उपलब्ध गराएका सार्वजनिक तथा सरकारी जग्गाको उद्देश्यभन्दा फरकरुपमा प्रयोग गर्नेहरूलाई कारबाही गर्ने सरकारलाई निर्देशन दिएको हो ।

समितिका सभापति ऋषिकेश पोखरेलले निर्देशन दिँदै भने. 'निश्चित प्रयोजनकालागि उपयोग गर्न सरकारले उपलब्ध गराएका सार्वजनिक तथा सरकारी जग्गाको उद्देश्य भन्दा फरकरुपमा प्रयोग गर्ने, अनधिकृतरुपमा कब्जा गर्ने गराउने, व्यक्तिगत सम्पत्तिको रुपमा दर्ता गर्ने गराउने कामहरू पनि हुँदै आएको विषयहरूप्रति यस समितिको गम्भीर ध्यानाकर्षण भएको छ। सार्वजनिक तथा सरकारी जमिनहरूलाई कुनै पनि कारण दुरुपयोग हुनबाट रोक्न, अतिक्रमण गर्ने, कब्जा गर्ने तथा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेलाई यथाशीघ्र कारबाही गर्न समेत समितिको यो बैठक भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देश गर्दछ' ।

समितिमा बोल्दै सांसदहरुले सरकारले सार्वजनिक जमिनको यथार्थ विवरण राख्नुपर्ने बताएका थिए।  सांसदहरूले दिनप्रतिदिन सार्वजनिक जमिनको अतिक्रमण भएको भन्दै संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराए  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ