arrow

एक वर्षदेखि यसरी मनाउँदै आइएको छ कार फ्री डे [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २६ शनिबार
car-free-day-81-2-26-(20).jpg

काठमाडौँ । काठमाडौँ महानगपालिकाले झन्डै एक वर्षदेखि प्रत्येक शनिवार हाँडीगाउँमा गाडीरहित दिन (कार फ्री डे) मनाउँदै आएको छ । हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डबली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा सवारी प्रवेश निषेध गरिएको छ । 

यस क्षेत्रमा दिउँसो २ बजेदेखि राति ८ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाइएको छ । यस क्षेत्र भएर गुड्ने सवारी साधनलाई धोवीखोला कोरिडोर, गहनापोखरीबाट वडा कार्यालयतर्फको भित्री सडकको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । 

हाँडीगाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रुपमा लिइन्छ । यहाँ भएका सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवि कालका मन्दिरहरु भएको प्रमाण पाइन्छ । 

इसापूर्व दोश्रो शताब्दीका पुरातात्विक अवशेष र अन्य सम्पदा भवनहरुको जग यसै क्षेत्रमा मात्र छन् । स्थानीयहरु २  बजेपछि सडक छेउँमा नेवारी स्वादका परिकारहरु बनाउन व्यस्त देखिन्छन् । 

बालबालिकाहरु निर्धक्क भएर सडकमा खेलिरहेको देख्न सकिन्छ । (नेपाल फोटो लाइब्रेरी)
 

car-free-day-81-2-26 (1).jpg
car-free-day-81-2-26 (2).jpg
car-free-day-81-2-26 (3).jpg
car-free-day-81-2-26 (4).jpg
car-free-day-81-2-26 (5).jpg
car-free-day-81-2-26 (6).jpg
car-free-day-81-2-26 (7).jpg
car-free-day-81-2-26 (8).jpg
car-free-day-81-2-26 (9).jpg
car-free-day-81-2-26 (10).jpg
car-free-day-81-2-26 (11).jpg
car-free-day-81-2-26 (12).jpg
car-free-day-81-2-26 (13).jpg
car-free-day-81-2-26 (14).jpg
car-free-day-81-2-26 (15).jpg
car-free-day-81-2-26 (16).jpg
car-free-day-81-2-26 (17).jpg
car-free-day-81-2-26 (18).jpg
car-free-day-81-2-26 (19).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ