arrow

सेनाको स्वास्थ्य शिविर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
nepal-army-camp.jpg

म्याग्दी । जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको आयोजनामा भएको बृहत् एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित भएका छन् ।

नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको आयोजनामा शनिबार भएको शिविरमा स्वास्थ्य कार्यालय म्याग्दी, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, आयुर्वेद स्वास्थ्य केन्द्र, बेनी अस्पताल, मालिका गाउँपालिका, दरवाङ आधारभूत अस्पताल र नेपाल रेडक्रस सोसाइटीका टोलीले सेवा दिएका थिए ।

शिविरमा छ सय ६२ जनालाई स्वास्थ्य परीक्षण, प्रयोगशाला, युएसजी, भेटेरिनरी, आयुर्वेद, कृषि परामर्शसम्बन्धी सेवा प्रदान गरिएको अर्थुङ्गेस्थित नेपाली सेनाको शत्रुभञ्जन गुल्म सेनानी प्रकाश घिसिङले जानकारी दिए ।

स्वास्थ्यतर्फ चार सय चारजनाले स्वास्थ्य परीक्षण, हाड जोर्नी, मनोरोग, दाँत, आँखासम्बन्धी सेवा लिएका उहाँले बताए । एक सय ४३ जनाले आयुर्वेद, ८८ जनाले भेटेरिनरी र २४ जनाले कृषिसम्बन्धी सेवा लिएका सेनानी घिसिङले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ