arrow

गृहमन्त्रीको सचिव तथा विभागीय प्रमुखसँगको असन्तुष्टि सतहमै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
ravi-lam-press-meet.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मातहतका सचिव तथा विभागीय प्रमुखसँग सन्तुष्ट नभएको व्यवहारले देखाउँदै गएको छ । 

आइतबारदेखि कोशी प्रदेशमा शुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन जाने क्रममा उनी छुट्टै र मातहतमा सचिवसहित विभागीय कर्मचारी छुट्टै विमानमा जानुले पनि आफ्ना कर्मचारीसँग सन्तुष्ट छैनन् भन्ने व्यवहारले देखाएको हो । 

लामिछाने बिहान ८ बजे बुद्ध एअरको उडानमा चार जनाको टोलीसहित विराटनगर गए भने अन्य सचिवहरुको टोली भने सेनाको हेलिकोप्टरमा बिहान ७ बजे विराटनगर गएको थियो ।  

गृहसचिव एकनारायण अर्यालको नेतृत्वमा १५ सदस्यीय टोली बिहान ७ बजे त्रिभुवन विमानस्थलबाट उडेको थियो । राजश्व सचिव डा.रामप्रसाद घिमिरे, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, सेनाका रथी अशोकराज सिग्देलसहित १५ जनाको टोली उक्त हेलिकोप्टरमा विराटनगर गएको थियो । अहिले गृहमन्त्री लामिछाने गृहसचिव र प्रहरी महानिरीक्षकको व्यवहारप्रति सन्तुष्ट छैनन् ।

सूर्य दर्शन सहकारीको विषयलाई लिएर गृहसचिव अर्याल र प्रहरी महानिरीक्षकप्रति उनले असन्तुष्टि प्रकट गरेका थिए । 

प्रहरी महानिरीक्षकलाई हटाउनेसम्मको प्रस्ताव लिएर अघि बढेका लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको असहमति भएपछि रोकिएका छन् । 

सूर्यदर्शन सहकारी ठगीमा गृहमन्त्री लामिछानेविरुद्ध कास्की प्रहरीका पुरक जाहेरी परेको विषयमा गृहसचिव अर्याल र आईजीपी कुँवरसँग उनको सम्बन्ध दिनानुदिन चिसिँदै गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ