arrow

ठगी मुद्दाका फरार प्रतिवादी नौ वर्षपछि पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
kamalman-gubhaju.jpg

पोखरा । ठगीसम्बन्धी कसूरमा उच्च अदालतबाट नौ महिना कैद सजाय पाएका पोखरा महानगरपालिका वडा नं. २ मोहरियाटोलका कमलमान गुभाजु नौ वर्षपछि पक्राउ परेका छन् ।

गुभाजुलाई ठगीसम्बन्धी मुद्धामा उच्च अदालत पोखराले २०७२ भदौ १० गते नौ महिना कैद सजाय र १५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।

उनलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो । उनलाई आज अदालत पेस गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गुभाजुले सात महिना २९ दिन कैद सजाय र १४ लाख १५ हजार रुपैयाँ भुक्तान गर्न बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ