arrow

नेपाली सेनामा भर्ती गरिदिन्छु भनी ठगी गर्ने पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
dharmaraj-thapa-kaskipolice.jpg

पोखरा । नेपाली सेनामा भर्ती गरिदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङ बस्ने २७ वर्षीय धर्मराज थापा छन् ।

प्रहरीका अनुसार थापाले आफू आर्मी फिटनेस सेन्टरको सञ्चालक रहेको र नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेकोले नेपाली सेनामा सजिलै भर्ती गराईदिन्छु भन्दै बाग्लुङका एक किशोरसँग पटक पटकमा एक लाख ७० हजार रुपैयाँ लिएका थिए ।

पीडितले युवकले उजुरी गरेपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले थापालाई शनिबार जिरोकिमीबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ परेका थापाबिरुद्ध जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ