arrow

लक्ष्मी सन्‌राइज बैङ्कले मनायो विश्व वातावरण दिवस २०२४ (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
laxmi-sunrise-bank-kathmandu-3.jpg

काठमाडौँ। लक्ष्मी सन्‌राइज बैङ्कले ‘प्रोजेक्ट फाइवके’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ। सो पहल मार्फत बैङ्कले यस वर्षको विश्व वातावरण दिवसको "आवर ल्याण्ड आवर फ्यूचर वि आर #जेनरेशनरेस्टरेशन" भन्ने नारालाई आत्मसाथ गर्दै देशभर ६ हजार रुख रोपेको छ।

जुन १ देखी ८ सम्मको सप्ताहभर बैङ्कले आफ्ना विभिन्न शाखाहरू मार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगको सहकार्यमा करिब छ हजार रूखहरू रोपेको छ।  यो देशव्यापी वृक्ष रोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको थियो।

प्रोजेक्ट फाइव के सँगै लक्ष्मी सन्‌राइज बैङ्कले सोही दिवसमा आफ्नो एभोडेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो। यस प्रतिवेदनले नवीकरणीय ऊर्जा-विशेष गरी जलविद्युतमा गरिएको  लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत परिमाणीकरण गर्दछ। यस क्षेत्रमा गरिएको लगानी मार्फत बैङ्कले कुल २५,१३४.१८ टीसीओटूई कार्बन उत्सर्जन हुनबाट जोगाएको छ।

यो प्रतिवेदन बैङ्कको कार्बन एकाउन्टिङ फाइनान्सियल रिपोर्टकै निरन्तरता पनि हो। लक्ष्मी सन्‌राइज बैङ्क २०२१ देखी कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिपमा संलग्न रहेको छ।

यस्तै विभिन्न वातावरणमैत्री पहलहरू अघि बढाउँदै लक्ष्मी सन्‌राइज बैङ्कले आफ्नो #ग्रिन र #रिस्पान्सबल मूल्यहरू आत्मसाथ गर्दै "ओरेन्ज  लवस् ग्रिन" नारालाई मूर्तरूप दिएको छ। वातावरण संरक्षणमा बैङ्कले गर्दै आएका विभिन्न पहलहरू मध्य एक रहेको प्रोजेक्ट फाइव केले बैङ्कको दिगो वातावरण निर्माण गर्ने लक्ष्यमा टेवा पुर्‍याउने कुरामा बैङ्क विश्वस्त छ।

laxmi-sunrise-bank-koshi-1.jpeg
laxmi-sunrise-bank-lumbini-5.jpeg
laxmi-sunrise-bank-madhesh-2.jpeg
laxmi-sunrise-bank-sudurpaschim-7.jpeg
laxmi-sunrise-bank-bagmati-3.jpeg
laxmi-sunrise-bank-gandaki-4.jpeg
laxmi-sunrise-bank-karnali-6.jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ