arrow

४० वर्षमा ३६ लाख ४ हजार रुपैयाँ मात्रै सरकारी बेरुजु फर्छ्यौट [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
tahadils.jpg

काठमाडौँ । आर्थिक वर्ष २०१८-१९ देखि आर्थिक वर्ष २०५९-६० का बेरुजु ४० वर्षमा ३६ लाख ४ हजार ४३७ रुपैयाँ मात्रै फर्छ्यौट भएको कुमारी चाक तथा केन्द्रीय तहसिल कार्यालयले जानकारी दिएको छ । 

सोमबार प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयले यस्तो जानकारी दिएको हो । 

समिति बैठकमा बोल्दै कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय प्रमुख नमुना कार्की दाहालले आर्थिक वर्ष २०१८-१९ देखि आर्थिक वर्ष २०५९-६० सम्मको सरकारी बेरुजुको ३६ लाख ४४३७ रुपैयाँ मात्रै लगत कट्टा गर्न सफल भएको बताइन् ।

प्रमुख कार्कीले लागत कट्टा रकम हेर्दा कार्यालयको कार्यक्षमता कमजोर देखिएको स्वीकार गरिन् । उनले आर्थिक वर्षगत रूपमा बेरुजु लगत कट्टा हेर्दा महालेखापरीक्षकको कार्यालयबाट प्राप्त १६८५ थान प्रतिवेदनका ठेलीहरूलाई कम्प्युटरमा ल्याएपछि १८ अर्ब १६ करोड १३ लाख ३२ हजार ७०७ रहेको बताइन् । उनले कार्यालयले सरकारी कार्यालयहरूको श्रणपरीक्षण गर्ने,लगत कट्टा गर्ने काम गर्दा अहिलेसम्म १ अर्ब ८८ करोड ७० लाख ६ हजार मात्रै बेरुजु फर्छ्यौट गर्न सफल भएको बताइन् । 

उनले अझै आर्थिक वर्ष २०१८-१९ देखि आर्थिक वर्ष २०५९-६० सालसम्मको सरकारी कार्यालय वा मन्त्रालयगत बेरजु १५ अर्ब ९ करोड ६ लाख ४२ हजार ५०३ रहेको बताइन् । राष्ट्रिय योजना आयोगको सचिवालयसहित २८ मन्त्रालयहरूको फर्छ्योट हुन बाँकी बेरुजु चालु विगत ४० वर्षमा १५ अर्ब ९ करोड पुगेको कुमारी चाक तथा केन्द्रीय तहसिल कार्यालयले दिएको जानकारी दिए ।

उनले कार्यालयमा बेरुजु फर्छ्यौट नगर्ने व्यक्तिलाई थुनामा राख् नसक्ने अधिकार भए पनि उपसचिवको नेतृत्व लगायत कर्मचारीको अभावको कारण सोचे जस्तो काम गर्न नसकिएको बताइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ