arrow

सुशासन, विधायन व्यवस्थापन र विधायन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । आज विकास आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।

जसअनुसार बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवर्द्धन गराउन सूचनाको हक कार्यान्वयनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगको भूमिका र भएका कामकारबाहीहरूको सम्बन्धमा छलफल हुनेछ ।

 त्यस्तै विधायन व्यवस्थापनको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि सरोकारवालासँग छलफल हुनेछ । 

त्यस्तै मध्यान्ह सवा १२ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बैठकमा भूकम्प प्रभावित क्षेत्रमा गरिएको स्थलगत अध्ययन, अवलोकन एवं अनुगमन कार्यक्रमको समीक्षा सम्बन्धमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ