arrow

कांग्रेसद्वारा प्रधानमन्त्रीको र राष्ट्रपतिको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन माग [भिडियो]

रवि लामिछानेको सदनका बोलेको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
ramesh-lekhak-12-06.jpg

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणको विषयमा सदनलाई जानकारी नदिएको भन्दै असन्तुष्टि जनाएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी नगराएको भन्दै आपत्ति जनाए ।  

उनले सदनको नेता प्रधानमन्त्री भए पनि उनले सदनलाई बिर्सेर सदनबाट भाग्न खोजेका आरोप लगाए । उनले प्रधानमन्त्री भारत भ्रमणबाट फर्केको एक साता हुँदा पनि सदनले भारत भ्रमणमा गएको र फर्किएको विषयमा अखबार पढेर थाहा पाउनुपर्ने दुर्भाग्यपूर्ण अवस्था भएको बताए । उनले प्रतिपक्ष दल धैर्यतापूर्वक कुरेर बसेको भन्दै प्रधानमन्त्री पाँच दिनसम्म सदन आउन नसकेको बताए । उनले  प्रधानमन्त्रीले सदनको न्यूनतम गरिमा नराखेको भन्दै सदनदेखि डराएर भाग्न खोजेको आरोप लगाए । उनले राष्ट्र प्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्री विदेश भ्रमण गएको विषयमा सदनलाई जानकारी गराउन माग गरे ।

उनले भने,‘नेपालका कार्यकारी प्रमुख प्रधानमन्त्री भारतको लोकसभाको निर्वाचनपछि निर्वाचित प्रधानमन्त्रीलाई शुभकामना दिन जानु राम्रो हो । तर उनले भारत गएपछि संघीय संसद्लाई बिर्सनु भयो । हाम्रो एउटा संसदीय परम्परा छ । देशको कार्यकारी प्रमुख प्रधानमन्त्री कुनै पनि मन्त्री राष्ट्रको भ्रमणमा जाँदा किन जाने, के उद्देश्यले जाने,कति दिनका लागि जाने भनेर संसद्लाई जानकारी दिने बाध्यात्मक परम्परा छ । प्रधानमन्त्री एक हप्ता पहिला भारत भ्रमणमा जानु भएको छ । फर्केर आएको पनि पाँच दिन भइसकेको छ । नेपाली काँग्रेस प्रमुख प्रतिपक्ष दल धैर्यता पूर्वक रचनात्मक प्रतिपक्षका रूपमा कुरेर बसेका थियौँ । प्रधानमन्त्री सदनमा उपस्थिति हुनु होला । भारत भ्रमणको बारेमा जानकारी गराउनु होला । सदनले थाहा पाउँछ भनेर कुरेर बसेका थियौँ । तर पाँच दिनसम्म प्रधानमन्त्री सदनमा आउन सक्नुभएन । मैले स्मरण गराउनुपर्ने भयो । प्रधानमन्त्री सदनको नेता हो । कार्यकारी प्रमुख हो । उहाँ विदेश भ्रमणमा जाँदा सदनले थाहा पाउन पत्रिका बढेर थाहा पाउनुपर्ने अवस्था छ । प्रतिपक्षका हैसियतले सदनको नेता हो भनेर स्मरण गराउने पर्ने मेरो सौभाग्य हो की सरकारको दुर्भाग्य हो । अर्को विषय राष्ट्र प्रमुख राष्ट्रपतिज्यू मुलुक बाहिर जानुभएको छ । राष्ट्रप्रमुख देश बाहिर जानुहुन्छ । सरकार प्रमुख प्रधानमन्त्री देशबाहिर जानुहुन्छ । तर सदनले राष्ट्रपति र प्रधानमन्त्री देश बाहिर गएको कुरा अखबार बढेर थाहा पाउनुपर्ने दुर्भाग्य भन्नुपर्छ । सरकारका कारणले संसद्को न्यूनतम गरिमा र मर्यादा पनि कायम गर्ने काम भएन । यो खेदजनक छ ।’

प्रमुख सचेतक लेखकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सदनका बोलेको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग गरे । उनले गृहमन्त्री लामिछानेले केही समयअघि कांग्रेस नेताहरूमाथि लगाएको आरोपको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उल्लेख गरे । उनले सदनमा प्रधानमन्त्री नपाएर प्रतिपक्षले माग गरेका विषयमा जानकारी दिन तयारी गरेर एकैचोटी जवाफ दिन खोज्नुभएको हो ? भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्री सदनमा नआएर जवाफ दिन नसकेर डराएर भाग्न खोज्नुभएको हो कि ? भन्ने अनुमान गर्नु पर्ने अवस्था आएको बताए ।

उनले भने,‘ प्रधानमन्त्री सदनमा देखिराख्नुभएको छैन। केही समय पहिला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो सदनमै रहेको नेताहरूमाथि अत्यन्तै ज्यादा लाञ्छनापूर्ण आफ्ना अभिव्यक्तिहरू दिनुभयो। हामीले प्रधानमन्त्रीसँग उहाँले अभिव्यक्त गर्नुभएको कुरामा जवाफ दिनुपर्छ भनेर माग गरेका छौँ। मैले के विश्वास गरौँ हामीले माग गरेको विषयमा तयारी गरेर बस्नुभएको हो कि ? त्यो तयारी सकिएपछि मात्रै एकैचोटी जवाफ दिन्छु भनेर आउनुहुने हो कि ? अथवा त्यसको जवाफ दिन नसकेर डराएर भाग्न खोज्नुभएको हो कि ? मैले के अनुमान गर्ने ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ