arrow

सहकारीको फाइल रोकिए पनि भ्रष्टाचारका फाइल खोल्न नपाएको गृहमन्त्रीको गुनासो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
ravi-lamichhane-81-2-32.jpg

काठमाडौँ । सहकारी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफू सरकारमा भए पनि सरकार अरुले नै चलाएको गुनासो गरेका छन् ।

गृहमन्त्री बनेको सयदिन पुगेको अवसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकार फेरिदा पनि सत्ता नफेरिएको टिप्पणी गरेका हुन् ।  

गृहमन्त्री लामिछानेले आफूले भ्रष्टाचारलगायत विभिन्न प्रकारका फाइल खोल्न चाहे पनि सत्ता पक्षबाट असहयोग भएको संकेत गरेका छन् । 

उनले भनेका छन्, ‘‘एउटा सरकार हुन्छ, अर्को सत्ता हुन्छ । सत्ता लामो समयसम्म कब्जा गरेर बसेको हुन्छ । सरकार फेरिँदा पनि सत्ता फेरिँदैन । नेपालमा सरकारमा त हामी छौँ । सत्तामा त के–के छ, के–के छ ? त्यो सत्तालाई तोड्न अलिकति गाह्रो चाहिँ हुन्छ ।’

उनले बेथितिका कयौँ फाइलहरु खोल्ने बित्तिकै साइन गर्ने गरी तयार होलान् भन्ने लागेको भए पनि त्यस्तो नभएको बताएका छन् । 

सय दिनको अवधिमा आफूले देशलाई नराम्रो हुने केही काम नगरेको बताउदै भने, ‘‘नेपाली जनताको कशम आएर शपथ लिएर बसेको सय दिनमा मैले यो देशलाई नराम्रो हुने, यहाँका जनतालाई नराम्रो हुने एउटा पनि काम गरिन ।’

गृहमन्त्री लामिछानेले गृह मन्त्रालयमा हेल्प डेस्क स्थापना गरेर दैनिक सयौँ मानिसहरुलाई सेवा दिइरहेको बताउँदै अन्य संयन्त्रबाट पनि चुस्तदुरुस्त सेवा दिइरहेको दाबी गरे ।

प्रहरी प्रशासनमा भने ब्याप्त निराशा छाएको छ । उनको जथाभावी हस्तक्षेपले गर्दा प्रहरी प्रमुख नै रबरस्टयाम्प जस्तो बनाएको आरोप छ । 

त्यस्तै लाखौँ नेपाली जोडिएको सहकारी प्रकरणको अनुसन्धानमा नसघाएर लामिछानेले गलत गरेको भनिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ