arrow

गठबन्धनमा प्रचण्ड गर्मी

रास्वपा भन्छ – सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भयो

मन्त्री श्रेष्ठ भन्छन् – ‘हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौँ’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
ravi-dp-sumana-biraj-rsp.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताएका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अहिले सरकारलाई दिएको समीक्षा गर्ने बेला भएको बताएका हुन् ।

उनले सरकार पुरातन र कर्मकाण्डी हिसाबमै चलेको बताउँदै आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको बताए । उनले राजीनामा पत्र बोकेर हिँडेको र त्यसमा मिति मात्रै लेख्न बाँकी रहेको उल्लेख गरे ।

उनले भनेका छन्, ‘केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत हिसाबले हामीलाई कुनै किसिमको सम्झौता गर्नुपर्‍यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिर आउन तयार छ’, उनले भने, ‘हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौँ । वर्तमान राजनीतिक परिस्थितिमा एक पटक हामी जिम्मेवार नेताहरु सबै बसेर सल्लाह पनि भएको छ । सरकारलाई दिएको समर्थनको बारेमा समीक्षा गर्नुपर्ने बेला भएको छ ।’

पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपालाई आफ्नै भगिनी संस्थाजस्तो व्यवहार गरेको आरोपसमेत रास्वपाभित्र सुनिँदै आएको छ । रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेको बचाउ गरेजस्तो गरेर एमालेले ठूला ठूला प्रकरणको छानबिन गर्न रोकेको आरोप छ । 

लामिछानेले शुक्रबार मात्रै पनि कार्यभार सम्हालेको सय दिनको अवसरमा आफूहरु सत्तामा भए पनि अर्कैले सत्ता चलाएजस्तो लागेका बताएका थिए । 

उनले कुनै पनि फाइल अगाडि बढाउनै नपाएकोसमेत गुनासो गरेका थिए । रास्वपाबाट शिक्षा मन्त्री भएकी सुमना श्रेष्ठमाथि केही दिनअघि ओलीले गरेको भद्दा मजाकको देशभर आलोचना भएको थियो ।

अहिलेको सत्ता गठबन्धनको कामदेखि नेकपा एकीकृत समाजवादी पनि सन्तुष्ट छैन । सरकारका काम नै आफूले नबुझेको गुनासो उनले गर्दै आएका छन् । 

केपी ओलीको दबाब थेग्न नसकेकोसमेत उनले गुनासो गर्दै आएका छन् । 

केही समयअघि मात्रै जसपा नेपालले दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ