arrow

एनजीओको खाजाले संसदीय समितिमा विवाद, बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २ आइतबार
rajyabyabastha-tatha-sushan.jpg

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनजीओले खाजा उपलब्ध गराएको विषयमा विवाद भएपछि बैठक स्थगित भएको छ ।

आइतबार बिहानका लागि बोलाइएको बैठकमा एनजीओले उपलब्ध गराएपछि गृहमन्त्री रवि लामिछाने बैठक शुरु नहुँदै बाहिरिएका थिए ।

बिहान ८ बजेका लागि बोलाइएको बैठकमा  ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल’ गर्ने एजेन्डा रहेको थियो ।

तर बैठकमा समयमै गृहमन्त्री लामिछानेले बैठकमा मंहगो मूल्यका खाजा ल्याएको थाहा पाएपछि सोधखोज गरेका थिए ।

त्यसपछि एलएक्सपिटिडी भन्ने संस्थाले सो खाजा उपलब्ध गराएको खुलेपछि लामिछाने बैठक शुरु नहुँदै बाहिरिएका थिए । खाजाको प्याकेटमा चना, फलफूल, जाम–पाउरोटी, अण्डा, आलु आदि रहेको बैठकमा उपस्थित एक सांसदले बताए । 

गृहमन्त्री लामिछानेले एनजीओको खाजा खाएर बैठक नगर्ने भन्दै समितिका सभापति रामहरि खतिवडालाई प्रश्न गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ