arrow

सेबोन अध्यक्ष नियुक्ति अन्योलमा, अन्तर्वार्तामा तीन जना अनुपस्थित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २ आइतबार
dhitopatra-bord.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष बन्ने अन्तर्वार्तामा आइतबार २ जना मात्रै सहभागी भएका छन् । राष्ट्रिय योजना आयोगको सभाहलमा आइतबार भएको अन्तर्वार्तामा मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्रै सहभागी भएका हुन् ।

सन्तोषनारायण श्रेष्ठ बिहान ९ बजे र मुक्तिनाथ श्रेष्ठ सवा ११ बजेट आयोग पुगेका थिए । अरु तीन जनाले भने आफूहरु उपस्थित हुन नसक्ने जानकारी गराउँदै समय सार्न म्यासेज पठाएर मोबाइल स्वीच अफ गरेर बसेका थिए । 

अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतिकरणको मूल्यांकन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, अर्थसचिव मधुकुमार मरासिनी र विज्ञ सदस्य उदय निरौला थिए । साँझ ५ बजेसम्म उनीहरु उपस्थित भएनन् । 

त्यसरी अनुपस्थित हुनेहरुमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की, साविकको बीमा समिति हालको बिमा प्राधिकरणका अध्यक्ष चिरञ्जीवी चापागाई र धितोपत्र बोर्डका अध्यक्ष डा. नवराज अधिकारी रहेका छन् ।

बोर्डको अध्यक्ष छनोट गर्न गठित समितिले तीन जनाको नाम मन्त्रिपरिषद्मा पठाउनुपर्ने व्यवस्था छ । तर नाम पठाउनुपर्ने संख्या बराबर पनि अन्तर्रवार्तामा नआएपछि सिफारिस प्रक्रिया अन्योलग्रस्त बनेको छ । 

बोर्डको अध्यक्ष नियुक्तिमा चलखेलपछि अर्थमन्त्री वर्षमान पुनले रोकिदिएका थिए । तर अध्यक्ष नियुक्तिको विषयलाई लिएर सत्तारुढ दल एमालेले सरकार नै ढाल्ने चेतावनी दिएपछि प्रक्रिया अघि बढाइएको थियो । 

सर्टलिस्टमा परेकामध्ये सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष बनाउने गरी चलखेल भएको पाइएपछि प्रतिस्पर्धीहरुले यस्तो उपाय सुझाएका हुन् ।अब दुई जनामात्रै सिफारिस भएको अवस्थामा नियुक्ति गैरकानूनी हुन्छ । यसो हुँदा नियुक्तिको विषय अदालत पुग्न सक्ने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ