arrow

यी हुन् पेट्रोलियम ट्याङ्कर चालक संघ र निगमबीच भएका सहमतिहरु [भिडियो]

आन्दोलनका कार्यक्रम फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३ सोमबार
tanker-nigam-sahamati.jpg

काठमाडौँ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघ र नेपाल आयल निगमबीच सहमति भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग आन्दोलनरत मजदुरहरुसँग भएको छलफलमा सहमति भएको हो । निगमसँगको सहमतिपछि संघले आइतबारदेखि शुरु गरेको आन्दोलनका कार्यक्रमहरु आजदेखि फिर्ता लिएको छ । सहमतिपछि पत्रकार सम्मेलनमा बोल्दै वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेले मजदुर सङ्गठनसँग आगामी १५ दिनमा माग सम्बोधन गर्ने गरी सहमति भएको बताए । 

उनले संघले उठाएका मागहरू सम्बोधन गर्न नेपाल आयल निगमका कार्यकारी निर्देशक निर्देशक चण्डिका भट्टको संयोजकत्वले १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउने गरी सहमति भएको बताए । उनले समितिले बुझाएको प्रतिवेदनका आधारमा निगमले समस्या समाधान गर्ने सहमति भएको बताए । 

उनले नेपाल आयल निगमले व्यवसायीहरुलार्य दिई आएको बमोजिमको पारिश्रमिक र सुविधा ट्याङकर चालक,सहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकलाई उपलब्ध गराउने व्यवसायीहरूको प्रतिबद्धता व्यक्त गर्ने सहमति भएको बताए । उनले आजकै दिनदेखि चालक संघले आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताए । उनले विद्यमान कानूनी व्यवस्थाको पालना सम्बन्धमा नियमित रूपमा प्रभावकारी अनुगमन गर्ने सहमति भएको जानकारी दिनुभयो ।

उनले भने,‘नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको मागका सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा नेपाल पेट्रोलियम ट्याङकर चालक संघ,नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघ र बागमती पेट्रोलियम एसोसिएसनले विभिन्न समयमा नेपाल आयल निगममा पेश गरेका मागहरूको सम्बन्धमा सहमति भएको छ । नेपाल पेट्रोलियम ट्याङकर चालक संघको ७ बुँदे माग लगायत अन्य क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी निगमका प्रमुख कार्यकारी निर्देशकको संयोजकत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि तथा नेपाल पेट्रोलियम ट्याङकर चालक संघ,नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघ र बागमती पेट्रोलियम एशोसिएशनको प्रतिनिधित्व हुने गरी उपमिति गठन गर्ने,नेपाल आयल निगमले व्यवसायीहरुलार्य दिई आएको बमोजिमको पारिश्रमिक र सुविधा ट्याङकर चालक,सहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकलाई उपलब्ध गराउने व्यवसायीहरूको प्रतिबद्धता व्यक्त गर्ने,आजकै दिन देखि चालक संघले आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता दिने सहमति भयो । विद्यमान कानूनी व्यवस्थाको पालना सम्बन्धमा नियमित रूपमा प्रभावकारी अनुगमन गर्ने सहमति भएको छ ।’

नेपाल पेट्रोलियम ट्याङकर चालक संघका अध्यक्ष ईश्वर लामाले पेट्रोल पम्प र ग्याससँग सम्बन्धित क्षेत्रका काम गर्ने मजदुरहरुको माग १५ दिनमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएकाले सबै आन्दोलन कार्यक्रम फिर्ता गर्ने सहमति गरिएको बताए । उनले नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघ,नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघ र बागमती पेट्रोलियम एसोसिएसनले १५ दिनमा माग हुने आशाले सहमति भएको बताए । उनले निगमले १५ दिनमा माग सम्बोधन नगरे मुलुकभरका डिपोमा पेट्रोलियम पदार्थ लोडअनलोड बन्द गरेर चाबी ढुवानी व्यवसायी महासङ्घलाई हस्तान्तरण गर्ने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ