arrow

राजेन्द्र लिङ्देनले संसदमै च्याते भौतिक पूर्वाधार मन्त्रालयको वार्षिक कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ४ मंगलबार
rajendra-lingden-81-3-4.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको वार्षिक कार्यक्रम संसदमै च्यातेका छन् । आज संसदको बैठकमा बोल्ने क्रममा उनले वार्षिक कार्यक्रम च्यातेका हुन् ।

उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट मन्त्री रघुवीर महासेठको निर्वाचन क्षेत्र धनुषाको क्षेत्र नम्बर ३ र उनकी श्रीमतीको निर्वाचन क्षेत्र ४, एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र गोरखा–२ र अर्थमन्त्री वर्षमान पुनको जिल्ला रोल्पामा मात्रै राखिएको आरोप लगाए । 

उनले धनुषाका दुई निर्वाचन क्षेत्रमा मात्रै ८ अर्ब र झापामा ओलीको क्षेत्रमा मात्रै ६ अर्ब भन्दा बढी विनियोजन गरिएको बताए । कतिपय क्षेत्रमा त आलोचना हुने डरले जिल्लाको नाम नै हटाएरसमेत बजेट विनियोजन गरेको छ ताकि सबैले आयोजनाको नाम नै नचिनोस् ।

अहिले सबैभन्दा धेरै पूँजीगत बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयको बजेट ज्यादै विवादित छ । महासेठ र ओलीको साँठगाँठमा निर्लज्ज ढंगले बजेट विनियोजन गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ