arrow

अतिरिक्त समयको भत्ता नदिने संसद सचिवालयका महासचिवको कार्यकक्ष घेराउ [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ४ मंगलबार
public-servant-parliament.jpg

काठमाडौँ । संघीय संसद सचिवालयका कर्मचारीहरुले संसदका महासचिवको कार्यकक्ष घेराउ गर्दै विरोध गरेका छन् । 

संसद भवन नयाँ बानेश्वरस्थित संसदका महासचिव पद्यप्रसाद पाण्डेको कार्यकक्ष घेराउ गर्दै उनीहरुले संसदमा अतिरिक्त समयमा काम गरे बापतको सेवा सुविधा व्यवस्था गर्न माग गरेका हुन् । 

कर्मचारीहरुले आन्दोलनका क्रममा हातमा कालोपट्टीसमेत बाँधेर विरोध जनाएका थिए । उनीहरुले संसदमा कार्यालय समय बाहेक अतिरिक्त समयमा काम गरेको भत्तालगायत सेवा सुविधाहरु थप गर्न माग गर्दै बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिएका हुन् । 

संसद सचिवालयका कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्बासेले साँझ ५ बजेसम्मको स मय कुर्ने र माग पूरा नगरे बुधवारबाट १० देखि १२ बजेसम्म आन्दोलन गर्ने चेतावनी दिए । 

उनले बजेटमा आगामी वर्षको अतिरिक्त समयको सेवा सुविधाको सुनिश्चितता हुनुपर्ने माग गरे । 

माग पूरा नभएसम्म आन्दोलन जारी रहने बेल्बासेले बताए । संसद सचिवालयका कर्मचारीहरु ११ बुँदे मागसहित आन्दोलनमा छन् । 

सभाम्ुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसहित संसदका राजनीतिक दलका प्रमुख सचेतकहरुले सोमबार कर्मचारीहरुसँग छलफल गरेका थिए । 

public-servant-parliament-protest (1).jpg
public-servant-parliament-protest (2).jpg
public-servant-parliament-protest (3).jpg
public-servant-parliament-protest (4).jpg
public-servant-parliament-protest (5).jpg
public-servant-parliament-protest (6).jpg
public-servant-parliament-protest (7).jpg
public-servant-parliament-protest (8).jpg
public-servant-parliament-protest (9).jpg
public-servant-parliament-protest (10).jpg
public-servant-parliament-protest (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ