arrow

कुमारी बैंक र यूएसएआईडीबीच वित्तीय साक्षरता कार्यक्रम सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २५ शुक्रबार
kumari-bank-usaid-agreement.jpg

काठमाडौँ । कुमारी बैंक लिमिटेडले यूएसएआईडीसँग सम्झौता गरेको छ । कुमारी बैंकले लघु, साना तथा मझौला उद्योग–व्यवसाय  वित्तीय साक्षरता कार्यक्रमका लागि यूएसएआईडीसँग सम्झौता गरेको हो ।

यस सम्झौताअन्तर्गत यूएसएआईडी ट्रेड एण्ड कम्पिटिभनेसले बैंकलाई नेपालभरका साना तथा मझौला उद्योग–व्यवसाय माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ ।

बैंकले यस कार्यक्रममार्फत १० हजार नयाँ साना तथा मझौला उद्योग–व्यवसाय लाई ‘बैंकिङ र क्रेडिट रेडी’बनाउन वित्तीय सहयोग गर्ने छ ।

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ इकाईहरुमार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ