arrow

तनहुँबाट पाँच जना जुवाडे पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ४ मंगलबार
juwade-tanahun.jpg

पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ५ भिमसेनटोलबाट सोमबार दिउँसो पाँच जना जुवाडे पक्राउ गरेका छन् । पक्राउ पर्ने सबै शुक्लागण्डकी-५ भिमसेनटोलका हुन् ।

जसमा ३३ वर्षीय सुजनकुमार राना, ४२ वर्षीय दीपककुमार श्रेष्ठ, ४० वर्षीय विकास विक्रम पालिखे, ३० वर्षीय गणेश गुरुङ र ५२ वर्षीय सरिफकुमार चन्द रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भिमसेनटोलस्थित ईन्द्रबहादुर पौडेलको घरबाट जुवा खेलिरहेकै अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ७३ हजार चार सय २५ रुपैयाँ नगदसमेत बरामद भएको तनहुँ प्रहरीका सूचना अधिकारी डीएसपी दीपक कुमार रायले जानकारी दिए ।

फक्राउ परेका पाँचै जनाविरुद्ध जुवासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको डीएसपी रायले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ