arrow

अमरेशको आक्रोशः सबै कवाडी महानगरको कार्यालय र बालेनको घर अगाडि थुपारिदिनु 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
amreshkumar-singh-81-3-5.jpg

काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले कवाडी व्यवसायीहरुले सबै कवाडी महानगरको कार्यालय र मेयर वालेन्द्र साह (बालेन) को घर अगाडि लगेर थुपारिदिन आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले काठमाडौँमा आन्दोलित रहेका कवाडी व्यवसायीमाथि प्रहरीले दमन गरेको भन्दै बालेनले सिकाए जस्तै कवाडी लगेर उनको कार्यालय र घर अगाडी थुपारिदिन आग्रह गरेका हुन् ।

उनले कवाडी व्यवसायीको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरिएको भन्दै यसलाई आफूले मधेसीमाथिको दमनको रुपमा हेरेको टिप्पणी गरेका छन् । 

उनले काठमाडौँमा हुने आन्दोलनमा अन्य र मधेसीमाथि विभेद हुने गरेको बताइँदै डा. सिंहले अरु आन्दोलनमा पानीको फोहोरा हान्ने प्रहरीले मधेसीको प्रदर्शनमा लाठी बर्साएको आरोप लगाए । 

सांसद सिंहले यस घटनामा गृहमन्त्रीको जवाफका लागि रुलिङकोसमेत माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ