arrow

लागूऔषधसहित पौडेल पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
rabi-poudel.jpg

पोखरा । पोखरामा लागूऔषधको सञ्चय र विक्रीबितरण गरी रहेको भन्ने सूचनाको आधारमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरी मुद्दा चलाएको छ ।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार दिउँसो ५ बजे पोखरा महानगरपालिका वडा नं. ७ स्थायी घर भई हाल पोखरा-१४ मझेरीपाटन बस्दै आएका ४३ वर्षीय रबी पौडेल नियन्त्रणमा लिएको हो ।

पौडेलको साथबाट कुखुराको खोरमा लुकाई राखेको डाईजापाम ७५ एम्पुल, फेनेरागन ७५ एम्पुल, नुर्फिन ७५ एम्पुल गरी जम्मा दुई सय २५ एम्पुल लागूऔषध बरामद भएको छ ।

पौडेलविरुद्ध कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ