- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जनालाई पक्राउ गरेको छ ।
भक्तपुर जिल्ला घर भएका अन्दाजी ३२ वर्षीय मनोज श्रेष्ठ र रुपक भण्डारीलाई पक्राउ गरिएको सीआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
उनले भने, “६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा हाम्रो टोलीले नेपाल भारत सिमाक्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो, उक्त विषयमा थप अनुसन्धान भइरहेको छ ।”
उक्त सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको प्रवक्ता बोगटीले बताए ।