arrow

अहिलेसम्म जीबी राईलाई पक्रन नसकेका गृहमन्त्री लामिछाने भन्दैछन् – लोकेशन पत्ता लागिसक्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
ravi-gbrai.jpg
तस्बिर – फाइल ।

चितवन । चितवन पुगेर गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जीबी राई मलेसियामा रहेको लोकेसन पत्ता लागेको बताएका छन् । 

बिहीबार बिहान चितवन पुगेका गृहमन्त्री लामिछानेले पत्रकारहरुसँग कुरा गर्दै आफू मलेसियाका गृहमन्त्री  सैफुद्दिन नसुतन इस्माइलसँग लगातार सम्पर्कमा रहेको र त्यहाँका गृहमन्त्री सैफुद्दिनले फरार जीबी राईको लोकेशन कन्फर्म गरिसकेको बताए ।

उनले मलेसियाका गृहमन्त्रीको भनाइ उद्धृत गर्दै उनले जीबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताए । गृहमन्त्री लामिछानेले त्यहाँको लिगल स्टाटसका कारण नेपाल ल्याउन कठिनाइ भइरहेको र कोसिस जारी रहेको बताए ।

गृह मन्त्रालयले करिब डेढ महिनाअघि परराष्ट्र मन्त्रालय हुँदै मलेसियालाई पत्र पठाएर नेपालमा प्रहरीको खोजी सूचीमा रहेका राईलाई पक्राउ गरेर नेपाल फर्काइदिन अनुरोध गरेको थियो । 

तर औपचारिक पत्र पठाएर राईलाई स्वदेश फर्काइदिन गरेको आग्रहबारे मलेसियाले हालसम्म कुनै औपचारिक जवाफ दिएको छैन ।

जीबी राई रवि लामिछानेका साझेदार हुन् । आफू गृहमन्त्री भएदेखि नै जीबी राईलाई पक्रन प्रयास गरेको उनको दाबी रहे पनि अहिलेसम्म सफलता हासिल गर्न नसक्नुको पछाडि आफू पनि फन्दामा पर्छु भन्ने नै रहेको आँकलनसमेत गरिएको छ । 

सहकारी ठगी प्रकरणमै जीबी राईमाथि पक्राउ पुर्जी जारी भए पनि सोही प्रकृतिको आरोपमा रवि लामिछाने गृहमन्त्रीमै आशिन छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ