arrow

कुमारी बैङ्क र उप्सबीच सम्झौता, रिर्चाज गर्दा १० प्रतिशत बोनस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
kumari-bank-opps-tie-up-10-percent-bonus.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र पशुपति रिक्रिएसन प्राइभेट लिमिटेड (उप्स), धुम्बराही–काठमाडौँबीच कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौता अनुसार कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूले उप्समा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाईन, क्लाइम्बिङ्ग लगायत इन्डोर र आउटडोर खेलहरू खेल्न कुमारी बैङ्कको डेबिट-क्रेडिट कार्ड अथवा क्यूआरद्वारा रिर्चाज गर्दा १० प्रतिशत बोनस रिचार्ज प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ।

यस सुविधाबाट ग्राहकहरूले सहज र गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अझ धेरै मनोरञ्जन प्राप्त गर्न सफल भई ग्राहक सन्तुष्टि बढाउन मद्दत गर्नेमा बैङ्क विश्वस्त रहेको छ।

विगत २२ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ