arrow

गाँजासहित दुई युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
samyog-kalyan.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ लेकसाइडस्थित चकटी रेष्टुरेन्टबाट लागूऔषध गाँजासहित दुई युवक पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले बुधबार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाग्लुङ जैमिनी नगरपालिका वडा नं. ४ घर भएका वर्ष २० को संजोग क्षत्री र पोखरा महानगरपालिका वडा नं. १७ बस्ने वर्ष १८ का कल्याण महर्जन छन् ।

उनीहरुको साथबाट एक केजी गाँजा बरामद भएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैलाई जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ