arrow

संसद भवन निर्माणको प्रगति र प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ प्रारम्भ हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ ।

 जसअन्तर्गत मध्यान्ह सवा १२ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठकमा नेपाल सिमेन्ट उत्पादक संघबाट प्राप्त निवेदनका सन्दर्भमा सङ्घका प्रतिनिधिहरूसँग छलफल हुनेछ । 

त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुरानो संसद भवनको पुन निर्माण सम्बन्धमा, निर्माणाधीन संसद भवन निर्माणको प्रगति विवरण सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै मध्यान्ह १२ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ प्रारम्भ हुनेछ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ