arrow

रवि गर्व गर्दै भन्छन् –सिंहदरबार पस्यौँ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
ravi-lamichhane-home-minister-2079-09-11.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले रास्वपा स्थापनाको दुई वर्षमै सिंहदरबार पसेको टिप्पणी गरेका छन् ।

रास्वपा स्थापनाको शुक्रबार दुई वर्ष पुगेको अवसरमा सामाजिक सञ्जालमा टिप्पणी गर्दै लामिछानेले आफूहरु आफ्नो यात्रामा अविचलित रहेको उल्लेख गर्दै दुई वबर्षमै सिंहदरबार पसेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘रास्वपा जन्मिएको २ वर्ष भयो। हामी हाम्रो उद्धेश्यमा अडिग छौँ, गन्तव्यमा स्पष्ट छौँ । कुरा बाटोको हो । बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङा खस्छ । आम नागरिक एवं  रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरुको आशा र अपेक्षा सहितका अग्ला अग्ला पहाडहरु काँधमा बोकेर हामी अहिले  भिरको बाटोमा सिस्नु समाउदै हिँडिरहेका छौँ । कयौँ कठिनाइहरुलाई नचिरी एउटा पार्टी स्थापित हुन सक्दैन । बैचारिक स्पष्टतासंगै राजनीतिक परिपक्वता हाँसिल गर्दै हामी यो यात्रा सम्पन्न गर्छौँ। विश्वास गर्ने एक दुई जना मात्र हुदा त हिड्ने आँट गरियो भने आज त हामी सँग लाखौं लाख शुभेच्छुकहरु हुनु हुन्छ ।

२ वर्ष अघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कयौं विश्लेषकहरु  आज ूरास्वपा खस्कदो छू भन्ने विश्लेषण वाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोहि टक शो मा बोल्न घाँटी र टाइ मिलाउदै होलान्। तर हामी हाम्रो यात्रामा अविचलित छौ। सम्झ्नुस त, देश तथा विदेशका  टोल टोल वस्ती वस्तीका आम मान्छेको आवाज बोल्दा बोल्दै  त्यो आवजलाई ूघण्टीूमा रुपान्तरण गरेर २ वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौं। २१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तान्यौं, ४ मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौं। 

साथीहरू,घण्टी सिंहदरबार पस्यो, यो देशको मतपत्रमा सदाका लागि  घण्टी चुनाव चिन्ह बस्यो। बाँकी काम हामी गर्छौ, तपाईंहरु न चिन्ता लिनुस्, न पिर गर्नुस् ।’   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ