arrow

विलासीले बितायोः जेठमा डेढ खर्बको सामान आयात, मोबाइलमा मात्रै २६ अर्ब

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
department-of-customs-भन्सार विभाग.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । जेठ महिनामा मात्रै देशमा १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको मालवस्तु आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा सो बराबरको आयात भएको हो । 

विभागको तथ्यांक अनुसार जेठ महिनासम्म १४ अर्ब ५३ अर्ब बराबरको मालसामान देशमा भित्रिएको छ । अघिल्लो महिनाको अन्तिमसम्म यस्तो रकम १३ खर्ब ३ अर्ब रुपैयाँ रहेको थियो । यो महिनाको आयातसँगै देशको कुल आयातको गिरावट दर घटेको छ । बैशाख मसान्तसम्म २.३९ प्रतिशतले नकारात्मक रहेको आयात अहिले घटेर १.८४ प्रतिशतमा झरेको हो । 

यो महिनाको आयातमा सबैभन्दा धेरै वृद्धि इलेक्ट्रिक गाडीमा देखियो । एक महिनामा मात्रै कुल २ हजार ९ सय ६९ वटा इलेक्ट्रिक गाडी भित्रिएको विभागले जनाएको छ । सो बराबरको आयातका लागि ८ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ ।

यो अवधिमा भएको इलेक्ट्रिक गाडीको आयातमध्ये ५० किलोवाटसम्मको ८७२ वटा, ५०–१०० किलोवाटसम्म १९८९ वटा, १००–२०० किलोवाटसम्म १०४ वटा र २०० देखि ३०० किलोवाटसम्म ३ वटा र ३०० भन्दा बढी किलोवाटको एउटा गाडी नेपाल आएको देखिएको छ । 

अरु के के छन् मुख्य आयात ? 

११ महिनाको अवधिमा भित्रिएकोमध्ये सबैभन्दा धेरै आयातमध्ये १ खर्ब २९ अर्ब बराबरको डिजेल, ६२ अर्ब ८७ करोड बराबरको पेट्रोल, ५१ अर्ब ७ करोड बराबरको खाना पकाउने ग्यास र १९ अर्ब ४७ करोडको हवाइ इन्धन आयात भएका छन् । 

त्यस्तै ३५ अर्बको स्पञ्ज आइरन, ३२ अर्बको ब्लेड आइरन, २६ अर्बको मोबाइल, २५ अर्बको औषधि, २३ अर्बको सुन, २१ अर्बको कोइला, १६ अर्बको भटमासको पिना, १६ अर्बको सूर्यमुखी तेल र १५ अर्बकै युरिया मल आयात भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ