- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लुम्बिनी । लुम्बिनी प्रदेशमा संकल्प प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसको नेतृत्वमा संकल्प प्रस्ताव दर्ता भएको हो ।
प्रदेशमा हुने सडक दुर्घटना रोकथाम गरी जिउधनको सुरक्षा र क्षति न्यूनीकरणको व्यवस्थाबारे संकल्प प्रस्ताव दर्ता भएको कांग्रेसकी लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले जानकारी दिइन् ।
उनका अनुसार लुम्बिनीमा पहिलो पटक संकल्प प्रस्ताव दर्ता भएको हो ।
यो प्रस्तावको गिरी हुन् भने माओवादी केन्द्रकी सांसद कृष्णा कुस्मा थारु र जसपा नेपालकी अम्बिका काफ्ले समर्थक हुन् ।