arrow

सिलप्याक पानीको बोतलभित्र डोरी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
miniral-water-dirt.jpg

मोरङ । मोरङको लक्ष्मीमार्गस्थित एक होटलमा बेला पानीको बोतलमा डोरी भेटिएको छ । झापाबाट उत्पादित बेला पानी (शुद्ध मिनिरल वाटर) मा अखाद्य बस्तु डोरी भेटिएको हो।  

बेलबारी ११ लक्ष्मीमार्गस्थित एक सेकुवा पसलमा ग्राहकलाई पिउन दिइएको पानीको सिलप्याक बोतलभित्र डोरी भेटिएको हो । बोतलमा डोरी प्रष्टसँग देखिन्छ । 

ग्राहक ज्ञानुराज राईले डोरी भेटिएपछि यस्ता सामग्री उत्पादन र बिक्री गर्ने उद्योगलाई कारबाही गर्न माग गरेका छन् । विभिन्न कम्पनीका पानीलगायत प्याकिङ भएर आउने पेय पदार्थमा पटक–पटक अखाद्य बस्तु भेटिएपछि बजार अनुगमनमा तीब्रता दिँदै त्यस्ता कम्पनीलाई कारबाहीको लागि सिफारिस गरिने बेलबारी नगरपालिका उपप्रमुख नितु थापा कोइरालाले बताइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ