arrow

सरकारमा बसेर प्रश्न सोध्नेहरूको जवाफ कसले दिने

देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ ? - प्रदीप पौडेल [भिडियो]

रक्षामन्त्रीको अभिव्यक्ति पदीय मर्यादित विपरीत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १० सोमबार
pradeep-poudel-03-10.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरूले आफूले भनेको नमानेको कुरा बताएको उल्लेख गर्दै प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जास्पद कुरा के हुन्छ ? भन्दै प्रश्न गरे । 

सरकारमा बसेर प्रश्न सोध्नेहरूको जवाफ कसले दिने ? भन्ने उनको अर्को प्रश्न थियो । उनले सरकार अराजकतातिर गइरहेको बताए । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विदेशीलाई सूचना बेच्ने व्यक्ति सांसद रहेको अभिव्यक्ति दिएको र रक्षामन्त्री हरि उप्रेतीले आइतबार सांसदका प्रश्नको जवाफ दिने क्रममा दिएको अभिव्यक्ति पदीय मर्यादाअनुरूप नरहेको जिकिर गरे ।

उनले भने, ‘केही दिनअघि गृहमन्त्रीज्युले विदेशीलाई सूचना बेच्ने व्यक्ति यही संसदमा रहेको अभिव्यक्ति दिनुभयो । हिजो मात्रै रक्षामन्त्रीज्युले प्रश्नहरूको उत्तर दिने सन्दर्भमा जे अभिव्यक्तिहरू राख्नुभयो, त्यो उनको पदीय मर्यादाअनुरूप छ भन्ने मलाई लाग्दैन । बजेट आयो, सबैभन्दा बढी बजेट भएको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयदेखि सबैभन्दा कम बजेट भएको ज्येष्ठ नागरिकमन्त्रीसम्म आफ्नो हात जगन्नाथ भनेको जस्तै आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट लैजानु भयो । सरकारले संसद्लाई असाध्यै हेपेको छ । यो अवस्थामा प्रधानमन्त्रीज्यू भन्नुहुन्छ, मेरो निर्देशन कसैले मान्दैन, प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जाजनक कुरा के हुन सक्छ ? म सभामुखमार्फत सरकारलाई सोध्न चाहन्छु, सरकारमा बसेर प्रश्न सोध्नेहरूको जवाफ कसले दिने हो ? यो अराजकता कहिले अन्त्य हुने हो । यो देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ ? जवाफ चाहन्छु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ