arrow

हाम्रो विडम्बना

देशलाई राम्रो प्रधानमन्त्री चाहिएको छ- रमेश लेखक [भिडियो]

तर प्रधानमन्त्री राम्रो जादुगर भएर आउनुभयो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १० सोमबार
nandaprasad-shiwakoti-book-.jpg

काठमाडदँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल राम्रो प्रधानमन्त्रीको ठाउँमा राम्रो जादुगर बनेर आउनुभएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित कर्मयोगी नन्द्रप्रसाद शिवाकोटी माइला दाइ स्मृति ग्रन्थको विमोचन कार्यक्रममा बोल्दै उनले अहिले अस्थिरताको चुनौती कायम रहेको बताए । 

उनले प्रधानमन्त्री दाहालले आफ्नो दलको सङ्ख्या नभएर जादु रहेको बताएको भन्दै देशलाई राम्रो प्रधानमन्त्री चाहिएको तर प्रधानमन्त्री राम्रो जादुगर भएर आएको टिप्पणी गरे । उनले विडम्बनापूर्ण अवस्थामा नेपाली नागरिकहरू बाँच्नु परिरहेको बताए । उनले अहिले पनि धेरै चुनौतीहरू नेपाली नागरिकले व्यहोर्नु परिरहेको बताए । उनले मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता भएको बताए । 

उनले भने, ‘कतिपय चुनौतीहरू अहिले पनि हामीले व्यहोर्नु परिरहेको छ । अहिले अस्थिरताको चुनौती छ । मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता छ । तर राजनीतिक अस्थिरताले यी सबै कुरालाई ओझेलमा राखेको छ । अझै कति दिन अस्थिरता व्यहोर्नुपर्ने हो भन्ने कुरा पनि थाहा छैन । सम्माननीय प्रधानमन्त्रीजीले यो मेरो सङ्ख्या होइन जादु हो भन्नुभएको छ । हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ, उहाँ राम्रो जादुगर भएर आउनुभएको छ । त्यस्तो विडम्बनामा हामीले बाच्नु परिरहेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ