arrow

कुरा रविका

जीबी राईलाई अहिलेसम्म पक्रन नसकेका गृहमन्त्रीले भने- नेपाल झिकाउन प्रक्रिया अगाडि बढ्यो

गिरीबन्धु टि स्टेटमा उजुरी दिन सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
ravi-lamichhane-03-07.jpg

काठमाडौँ । सहकारी ठगी प्रकरणका आरोपी जीबी राईलाई नेपाल झिकाउन मलेसियाका गृहमन्त्रीसँग कुराकानी गरेर प्रक्रिया अगाडी बढाइएको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले राज्यका निकायले गरेको अनुसन्धानबाट जीबी राई मलेसियामा रहेको तथ्य पत्ता लागेको भन्दै उनलाई नेपाल झिकाउने सन्दर्भमा मलेसियाका गृहमन्त्रीसँग दुई पटक कुराकानी गरिसकेको बताए । उनले कानूनी माध्यमबाट नै समस्याको हल गर्नुपर्ने भन्दै दुवै तर्फका राज्य संयन्त्र संवादमा रहेका बताए ।

 उनले संवादको क्रममा मलेसिया सरकार सकारात्मक देखिएको र माग गरे अनुरूपको कागजात नेपालबाट पठाइएको पनि जानकारी दिए । उनले जीबी राईलाई नेपाल ल्याएर पीडितको बचत फिर्ता गराउने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री लामिछानेले आफूमाथि लागेको लाञ्छनाबाट मुक्ति पाउनका लागि पनि राईको पक्राउ आफ्नो लागि व्यग्र प्रतीक्षाको विषय बनेको बताए । उनले राईलाई नेपाल ल्याउन सरकार सफल हुने कुरामा विश्वस्त रहेको बताए ।

उनले भने – ‘विभिन्न अनुसन्धानबाट राज्यका निकायले अहिले उनी(जीबी राई) मलेसियामा रहेको तथ्य पत्ता लगाएका छन् । उनलाई पक्राउ गरेर नेपाल ल्याउने विषयमा मैले त्यहाँका गृहमन्त्रीज्यूसँग दुई पटक टेलिफोनमा कुराकानी गरेको छु । दुवैतर्फका राज्यस्तरिय संयन्त्रहरू संवादमा छन् र यी दुवै देश कानुनी राज्य भएका देश भएका हुनाले हामीले कानुनी माध्यमबाट नै समस्याको हल गर्नुपर्ने कुरा जानकारी गराउन चाहन्छु । नेपाल र मलेसियाबिच सुपुर्दगी सन्धी नभए पनि मलेसियाको सुपुर्दगी ऐन अन्तर्गत सन्धी नभएका मुलुकको अनुरोधमा आरोपितलाई सुपुर्दगी गर्न सक्ने व्यवस्था अन्तर्गत निरन्तर काम भइरहेका छन् । मलेसियाका गृहमन्त्रीसँगको दुई पटकको वार्ता जसमा सकारात्मक जवाफ मलेसिया सरकारको आग्रह बमोजिमका कागजपत्रहरू पठाउने क्रमको निरन्तरता, जीबी राईको राहदानी खारेजी प्रक्रियाहरू अगाडी बढाइए पनि राहदानी विभाग र अदालतले इन्कार गरिदिएको तथ्य हाम्रा कानूनी प्रावधान अनुसार अन्य जटिलता यसका कारणहरू हुन् । तर अनेकौँ प्रयासहरू निरन्तर जारी रहेका छन् । जीबी राईलाई नेपाल ल्याएर पीडितको बचत फिर्ता गराउने वातावरण बनाउन सरकार प्रयासरत छ । प्रतिबद्ध छ । निरन्तर रूपमा लाग्दै आएका लाञ्छनाबाट मुक्ति पाउन, सत्य तथ्य उद्घाटित हुन व्यक्तिगत रूपमा मेरा लागि पनि उनको पक्राउ व्यग्र प्रतीक्षाको विषय हो । केही कानूनी जटिलता पार गर्दै राजनीतिक र कूटनीतिक सम्बन्धमार्फत जीबी राईलाई नेपाल ल्याउन सरकार सफल हुने कुरामा म पूर्ण विश्वस्त छु ।’

गृहमन्त्री लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो गिरीबन्धु टि स्टेटको उजुरी कुरेर बसेको बताए । उनले उजुरी आएपछि कुनै पनि बेला यस सम्बन्धमा अनुसन्धान गर्न प्रहरी तयार रहेको बताए ।

उनले भने– ‘नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोलाई गिरीबन्धु टि स्टेटका बारेमा उजुरी माग्नको निमित्त सदनमा कुरा उठ्नुभन्दा हप्ता दिन अगाडी नै मन्त्रालयले स्पष्ट निर्देशन दिइसकेको छ । र केन्द्रीय अनुसन्धान ब्युरो गिरीबन्धु टि स्टेटको उजुरीको प्रतीक्षा गरेर बसिरहेको छ । कुनै पनि समय, कुनै पनि बेलादेखि भएका विभिन्न किसिमका यी घटनाहरूका बारेमा नेपाल प्रहरी अनुसन्धान गर्न तत्पर भएर बसेको छ । कुनै पनि काण्डका विषयमा डराउनुपर्ने, नबोल्नुपर्ने, कुनै पनि फाइल नखोल्नुपर्ने एउटा पनि बाध्यता मेरो काँधमा छैन । मेरो शरीरमा छैन । यो कुरा म स्पष्ट पार्न चाहन्छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ