arrow

झापामा चट्याङ लागेर दुई जनाको मृत्यु 

logo
युवराज रेग्मी, 
प्रकाशित २०८१ असार ११ मंगलबार
lighiting-chatank.jpg
तस्बिर-फाइल

झापा । झापामा चट्याङ लागेर दुई जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा कमल गाउँपालिका वडा नं २ समायगढका ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका वडा नं. ८ का ४२ वर्षीय विकास गिरी छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान करिब ७ बजे आफ्नो खेतमा काम गर्नेक्रममा चट्याङ लागेर खड्का घाइते भएका थिए ।

उनलाई तत्कालै उपचारका लागि आम्दा अस्पताल दमक लगिएकोमा बिहान ७ः४५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यसैगरी गौरीगञ्ज-८ का गिरीको पनि खेतमा काम गरिरहेको अवस्थामा बिहान ८ः४५ बजे चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

पछिल्लो समय झापाका विभिन्न स्थानमा चट्याङका कारण पशुचौपाया मरेका थिए । साथै चट्याङले विद्युतीय उपकरणमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ