arrow

लागुऔषध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १२ बुधबार
against-drugs-supply-day-20.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको समस्या विकराल भएको बताएका छन् । बुधबार लागुऔषध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले लागुऔषधको समस्या विकराल भएको कुरा गृहमन्त्रीको पदभार ग्रहण गरेपछि झनै बढी महसुस गरेको बताउनु भयो । उनले लागुऔषधको दुव्र्यसनीमा युवाहरुलाई फसाइदिइ सकेपछि त्यो देशको दुर्गति शुरु हुने भन्दै सबै मिलेर यसको नियन्त्रणमा लाग्नुपर्ने बताए । 

लागुऔषध बेचबिखन गर्नेहरुलाई सरकारले कुनै पनि हालतमा नछोड्ने उनले बताए । 

उनले लागुऔषधको दुव्र्यसनी नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष कार्यक्रम बनाउन लागेको बताए । 

लागुऔषध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा राजधानीमा सचेतनामूलक र्यालीसमेत आयोजना गरिएको थियो । 

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । 

विशेष गरेर बढ्दो लागुऔषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वास्थ्य जीवन जीउने वातावरण सिर्जनाका लागि हरेक वर्षको जुन २६ मा यो दिवस मनाउने गरिन्छ । 

against-drugs-supply-day-2024 (1).jpg
against-drugs-supply-day-2024 (2).jpg
against-drugs-supply-day-2024 (3).jpg
against-drugs-supply-day-2024 (4).jpg
against-drugs-supply-day-2024 (5).jpg
against-drugs-supply-day-2024 (6).jpg
against-drugs-supply-day-2024 (7).jpg
against-drugs-supply-day-2024 (8).jpg
against-drugs-supply-day-2024 (9).jpg
against-drugs-supply-day-2024 (10).jpg
against-drugs-supply-day-2024 (11).jpg
against-drugs-supply-day-2024 (12).jpg
against-drugs-supply-day-2024 (13).jpg
against-drugs-supply-day-2024 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ