arrow

भिडियोमा जलमग्न विराटनगर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १२ बुधबार
flood-biratnagar.jpg

काठमाडौँ। अविरल वर्षाका कारण मोरङको विराटनगर क्षेत्र जलमग्न बनेको छ । साना—ठुला नदीहरूमा बढेको पानीको बहावले गर्दा नदी छेउका गाउँ बस्ती थप जोखिममा परेका हुन् । 

अविरल वर्षाका कारण विराटनगर महानगरवासीको जनजीवन प्रभावित बनेको छ । विराटनगर सिंघीया र केसलिया खोलाको तटीय क्षेत्रमा बसोबास गर्दै आएका सयौँ घरपरिवार विस्थापित हुने अवस्थामा छन् ।

 हरेक वर्षको बाढीबाट प्रभावित बन्दै आएपनि सरकारले दीर्घकालीन निकास दिन सकेको छैन । यसअघि २०७४ र २०७८ सालमा आएको बाढीले विराटनगरमा जनधनको क्षति भएको थियो । 

सिंघीया र केसलिया खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर विराटनगरका विभिन्न स्थानमा पसेको थियो । त्यसपछि महानगर र कोशी प्रदेश सरकारले बाढी रेस्पोन्स टिम गठन गरेर राहत, पुनः स्थापनाको काम शुरु गरेको थियो । 

अहिले पनि पुनः विराटनगरवासीले सोही नियति भोग्नुपरेको हो । पानीको निकासका लागि सरकारले दीर्घकालीन योजना बनाउन नसक्दा हरेक वर्ष वर्षा शुरु भएपछि खोला आसपास बस्ने सुकुम्वासीहरू प्रभावित हुने गरेका छन् । 



नयाँ