arrow

एसईईमा सबैभन्दा बढीले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १३ बिहिबार
see-gender-wise-grade-result-2081.jpg

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन्। अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले नन ग्रेड (एनजी) ल्याएका छन्।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार सबैभन्दा बढी ७८ हजार ८७४ जनाले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त गरेका छन्।

नन ग्रेड ल्याउनेको सङ्ख्या २ लाख ४२ हजार ३१३ अर्थात्  ५२.१४ प्रतिशत परीक्षार्थीले नन ग्रेड (एनजी) ल्याएका छन्।

नन ग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन्।

त्यस गरी १.६० देखि २ जिपिए ६ जनाले ल्याएका छन् । त्यस्तै ३.६० देखि ४ जिपिए ल्याउनेको सङ्ख्या ३१ हजार २०९ रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ