arrow
ADVERTISEMENT

हिमालयन एभेरेष्ट इन्स्योरेन्सका सीईओ शाह बर्खास्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १३ बिहिबार
vijay-shah-banker.jpg

काठमाडौँ । सञ्चालक समितिलाई अपमान गरेको आरोपमा हिमालयन एभेरेष्ट इन्स्योरेन्स कम्पनीका सीईओ विजयबहादुर शाह बर्खास्तीमा परेका छन् । बुधबार बसेको कम्पनीका सञ्चालक समितिको बैठकमा कार्यसम्पादन कमजोर भएको भनेर सञ्चालकहरुले शाहलाई र्याखर्याख्ती पारेका थिए । 

त्यो समयमा सीईओ शाहको सञ्चालकहरुसँग चर्काचर्की भएको थियो । सञ्चालकहरुसँग भनाभन भएपछि शाह बैठक छोडेर बीचैमा उठेर हिँडेका थिए । सञ्चालकहरुको सवाललाई चित्तबुझ्दो जवाफ नदिएको र अपमान गरेकोले उनलाई सोही बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।

उनको बर्खास्तीसँगै सोही बैठकले कम्पनीकी डेपुटी सीईओ अञ्जु श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी तोकेको छ । शाह २०७८ फागुनमा तत्कालीन हिमालयन जनरल इन्स्योरेन्सको सीईओ बनेका थिए । यो बीचमा उक्त कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग मर्जर गरी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी बनेको थियो ।

शाह गत साउनमा नेपाल इन्स्योरेन्स कम्पनीबाट बाहिरिएका थिए । संस्थागत सुशासन निर्देशिका अनुसार उनको कुलिङ पिरियड ६ महिना सकिएपछि बीमा समितिले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि अनुमति दिएको हो ।

चार्टर्ड एकाउन्टेन्ट पृष्ठभूमिका शाह यसअघि नेपाल इन्स्योरेन्समा सीईओ थिए । त्यसअघि एनएलजीमा दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भएका थिए । झण्डै ४० वर्ष बीमा क्षेत्रमा बिताएका उनी नेपाल बीमक संघलाई दुई पटक नेतृत्व गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ