arrow

संसद बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको भन्दै आपत्ति [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
indira-rana-new.jpg

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद बैठकमा सांसदहरू निदाउने गरेको भन्दै आपत्ति जनाएकी छन् । आइतबार संसद भवनमा ६६ औँ संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको आफूले देखेको बताइन् । 

उनले संसदमा फोटो खिच्न आफूले नपाउने भए पनि संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरू निदाएको भन्दै फोटो र भिडियो खिचेर राखेको बताइन् । उनले सुत्ने बेला नभएको भन्दै सभामा सुतेर सपना नदेख्न सांसदहरूलाई सचेत गराइन् । उनले सांसदहरूले नीति निर्माणमा बढी जोड दिएर काम गर्न आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘संसदमा फोटो खिच्न मिल्दैन, घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ मान्यज्यूहरु । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखेँ । अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाहिँ हामी सभामा नबसौँ । जाग जाग नेपाली भन्न मन लाग्यो मलाई । सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस् । उठेर हेर्नुस् त कति सुन्दर छ । यी अनुहारहरू फेरि एकछिनमा हामी देख्न पाउँदैनौँ । यी आवाजहरू एकछिनमामा हामी सुन्न पाउँदैनौँ । कति बेला हिँड्दा हिँड्दा यी आवाजहरू बन्द हुन्छन् थाहा हुँदैन । हामी लोकतन्त्र र प्रजातन्त्रको कुरा गर्छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ