arrow

समानुपातिक र प्रत्यक्ष निर्वाचित दुई सांसद एक ठाउँमा बस्दा संसद कहिल्यै पनि प्रभावकारी हुन सक्दै -दमननाथ ढुङ्गाना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
damannath-dhungana-03-16.jpg

काठमाडौँ । पूर्व सभामुख दमननाथ ढुङ्गानाले प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदहरूलाई एउटै संसदमा राखेर संसद प्रभावकारी बन्न नसक्ने बताएका छन् । आइतबार संसद भवनमा ६६ औँ संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समावेशिता वर्तमान संविधानको सबैभन्दा राम्रो पक्ष भएको बताउँदै समावेशिता कहाँ राख्ने भन्ने कुराको यकिन हुन आवश्यक रहेको बताए । 

उनले प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा बराबर समावेशी सदस्यहरू भएको संसद बराबर हुनै नसक्ने बताए । उनले महिलाहरूको लागि छुट्टै, जनजाति, मधेसी, थारुहरूका छुट्टै प्रत्यक्ष निर्वाचन स्थल बनाउन जरुरी रहेको बताए ।

उनले भने, ‘समावेशिता यो संविधानको सबैभन्दा राम्रो पक्ष हो । तर समावेशिता कहाँ राख्ने, प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा बराबर समावेशी सदस्यहरू भएको संसद बराबर हुनसक्छ ? तपाईँहरूले कहिल्यै यो कुरा सोच्नुभएको छ । त्यसकारण समावेशितालाई ठिक ठाउँमा राख्नुस् । महिलाहरूको लागि पनि प्रत्यक्ष निर्वाचन गराइदिनुस् । जनजाति, मधेसी, थारुहरूका लागि गरिदिनुस् । तर समावेशी र प्रत्यक्ष निर्वाचित एक ठाउँमा नराख्नुस् । दुवैलाई कस्तो कस्तो उदासिनताको भाव छ । एउटा लघुताभाषा छ । एउटा प्रत्यक्ष निर्वाचित भएर आउँछ, एउटा पार्टीबाट समावेश भएर आउँछ । त्यो पार्टीबाट पनि कसरी आउँछ, पार्टीका नेतालाई थाहा हुँदैन । कुन गुट र कसको खल्तीबाट आउँछ । त्यस्तो समावेशिता र प्रत्यक्ष निर्वाचित दुई सांसद एक ठाउँमा बस्दा संसद कहिल्यै पनि प्रभावकारी हुन सक्दैन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ