arrow

सत्ता समीकरण फेरबदलबारे गृहमन्त्री भन्छन्– हल्ला मात्रै हो, मलाई थाहा छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
ravi-03-17.jpg

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण फेरबदल हुने कुरा हल्ला मात्रै भएको बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेको बारे आफूलाई कुनै जानकारी नभएको बताए ।

उनले बाहिर सञ्चारमाध्यममा आएका कुराहरू हल्ला मात्रै भएको बताए । उनले आफुले दुई जना नेताहरूसँग कुराकानी गरेको भन्दै आफूले त्यस्तो छनक नपाएको बताए ।

उनले भने – ‘हल्ला मात्रै हो । त्यस्तो थाहा छैन । म पनि सरकारमै छु । सरकार गठबन्धनको एउटा पार्टनर नै हुँ । त्यस्तो केही पनि छैन । मेरो भर्खरै दुई जना नेतासँग कुरा पनि भयो । कहिलेकाहीँ विभिन्न प्रक्रियाहरूमा केही असमझदारी हुँदा खेरी भेटघाट गर्ने कुरा भइरहन्छ । सामान्य भेटघाट नै हो । यसलाई कुनै त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन ।’

गृहमन्त्री लामिछानेले शीर्ष नेताहरू बीचको भेटघाट समान्य भेटघाटको रूपमा रहेको भन्दै त्यसलाई गम्भीरतापूर्वक लिनु नपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ