arrow

उपेक्षित एक सय एक धार्मिक गन्तव्य बगारबाबा

logo
नारायण वली,
प्रकाशित २०८१ असार १७ सोमबार
bagar baba3.jpg

लुम्बिनी । लमही नगरपालिकाले उपेक्षा गर्दै आएको एकसय एक धार्मिक गन्तव्य मध्येको एक हो दाङको बगारबाबा धार्मिक धाम । लमही नगरपालिका वडा न ९ रिहारमा पर्ने धाम सडक सञ्जाल अन्र्तगत पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएको छ । हरेक बर्ष माघे सङ्क्रान्तिका दिन धुमधाम धार्मिक मेला लाग्ने गर्दछ ।

अन्य समयमा पुजा गर्न, छोराछोरी नभएकाहरु भाकल गर्न र भाकल पुरा हुने जनविश्वास भएकाले दर्शनार्थीहरु आउने गर्दछन् । नेपालको धार्मिक विकास क्षेत्रमध्ये एकसय एक पर्यटकिय गन्तब्यमा सुचिकृत भएको शक्तिपिँठ धाममा ढुङ ्गा उचालेर मन्दिर परिक्रमा गरेमा भगवान बगारबाबा सँग जे चितायो त्यहि पाइने विश्वास छ । विकासका दृष्टिले पछाडि परेको पर्यटकिय स्थल बगारबाबा धाममा लमही नगरपालिकाले बेवास्ता गर्दै आएको पाइएको छ । महेन्द्र राजमार्गसँग जाडिएको उक्त धार्मिक धाममा सम्भावना भएपनि तर लमही नगरपालिकाले चिन्न नसकेको स्थानीयहरुको गुनासो छ । 

लमही नगरभित्रको धार्मिक स्थललाई संरक्षण, प्रर्वद्धन र विकासका लागि बजेट विनियोजन नगर्ने गरेको बगारबाबा धार्मिक विकास क्षेत्रका अध्यक्ष रविन्द्र खत्रीले बताए । उनी भन्छन्, धामको परिसरमा आयोजना गरिएको सार्वजनिक कार्यक्रममा नै लमही नगरपालिकाकी उपमेयर ज्युले नै बजेट विनियोजन गर्न नसकिने बताउनु भएको थियो । के यो धार्मिक स्थल नगरपालिकाको सम्पदा होईन र ? यसको विकासका लागि नगरले चासो देखाउनुपर्ने होइन र ? भन्दै नगरपालिकाप्रति आक्रोश पोख्दै प्रश्न गरे । 

लमही नगरपालिकाले आफ्नो निति तथा कार्यक्रममा समेत नपार्ने गरेको बताउँदै समितिले नगरपालिकासँग बजेट विनियोजनको कुरा गर्दा बगारबाबा धामको रकम नभएको भन्दै प्रदेश र संघमा पहल गर्न गैरजिम्मेवारीपूर्ण जवाफ दिने गरेको अध्यक्ष खत्रीको भनाई छ । 

झण्डै ४० हेक्टर क्षेत्रफल रहेको बताईएको छ । तप्त कुण्डको व्यवस्थापन नहुँदा खोलाको भेल पानी पुण्डमा आउने भएकाले स्नान गर्ने पानी धमिलो हुने गरेको समितिले जनाएको छ । माघे संक्रान्ति मेलामा भारतका श्रावस्ती, गोण्डा, तुल्सिपुर आदि क्षेत्रबाट दुई लाख भन्दा बढी तिर्थालु भक्तजनहरु आउने गर्दछन् । आन्तरिक भक्तजनहरुको पनि करिव अनुमानित तीन लाखसम्म आउने गरेको समितिले जनाएको छ । बगारबाबामा भैने पर्शुराम, मामिशौरी, काली, गणेश, कोटिहोम, शिव, बराहा, झाँक्री लगायत विभिन्न मन्दिरहरु रहेका छन् । 

के आवश्यक छ बगारबाबामा ?
जीर्ण मन्दिरुहरुको पुर्ननिर्माण, धर्मालम्बीहरुका लागि धर्मशाला निर्माण, शौचालय, खानेपानी, स्नानका लागि एक सय आठ धारा, मन्दिर परिसर संरक्षणका लाष् िपर्खाल र तालको व्यवस्थापन गरी तालमा पर्यटकहरुका निम्ती डुङ्गा सञ्चालन गर्न सकेमा आन्तरिक पर्यटकहरु आउने गन्तव्य बन्ने स्थानीय जानकारहरु बताउँछन् । 

किन हराउँदैछ बगारबाबाको महत्व ?
अहिले एक महिना अगाडिदेखि चहलपहल सुरु हुन्थ्यो। प्रत्येक वर्षको माघ महिनामा लाग्ने मेलामा बाह्य पर्यटक भारतीय दर्शनार्थीहरुको घुँइचो लाग्ने गर्दथ्यो । आन्तरिकभन्दा बाह्य भारतीय दर्शनार्थीहरुको उल्लेख्य सहभागिता हुन्थ्यो। तर ती बाह्य पर्यटकहरुको लागि सुरक्षित आवास र सुरक्षा नभएकाले बगारबाबामा लाग्ने मेलामा व्यापारीहरुको सामान चोरी गर्ने, धम्काउने, लुट्ने, कुटपिट गर्ने जस्ता कार्यले पछिल्लो समय एक महिना अगाडि लाग्ने मेलाको रौनक हराउँदै गएकोस्थानीयहरु बताउँछन् । 

जाडो मौसममा लाग्ने माघी मेलामा रातीमा पनि लाग्ने भएकाले व्यापारी तथा मेलामा जानेहरुले आगो ताप्नको लागि प्रयोग हुने दाउरा स्थानीय वनबाट प्रशस्त पाइन्थ्यो। तर अहिले नपाइने भएकाले पनि बाह्य दर्शनार्थी र व्यापारीहरु आउन छोडेको स्थानीयहश्रको बुझाइ छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ