arrow

एसइई नतिजाको जिम्मेवारी सबैले लिनुपर्छ- मन्त्री श्रेष्ठ

शिक्षण सिकाई सुधार गर्न तीनै तहका सरकार र विद्यालय व्यवस्थापन समन्वय आवश्यक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
sumana-shreshta-81-01-06.jpg

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विद्यालयको गुणस्तर सुधार गर्नको लागि तीन तहकै सरकार र विद्यालय व्यवस्थापन मिलेर काम गर्न जरुरी रहेको बताएकी छन् । २०८० को एसइई परीक्षाको नतिजाका विषयमा उनले विद्यालय शिक्षामा सुधार गरी गुणस्तरीय बनाउँदै उपलब्धि मुलुक नतिजा ल्याउनको लागि स्थानीय तह,अभिभावक र विद्यालय व्यवस्थापनले सबैभन्दा पहिला प्रभावकारी काम गर्न आवश्यक रहेको बताइन् । 

उनले ५२ प्रतिशत विद्यार्थीहरू ननग्रेडिङ(एनजी) हुनुमा शिक्षा क्षेत्रका कुनै पनि संयन्त्र उम्कने ठाउँ नभएको बताइन् । उनले तत्कालको कारणले मात्रै नभएर विगत लामो समयदेखि शिक्षा क्षेत्रमा देखिएको बेथिति र विद्यालयमा राजनीतिकरणको असर यो वर्षको एसइई नतिजामा देखिएको दाबी गरिन् । उनले हामीले विगतका रिजल्टहरूलाई हेर्दा पनि प्रधानाध्यापक राम्रो भएको ठाउँमा एसईईको नतिजा राम्रो आएको भन्दै अब सरकारले विद्यालयको प्रधानाध्यापकको लागि निश्चित सेवा आयोग बनाउने गरी शिक्षा सेवा आयोगको नियमावली परिवर्तन गर्न लागेको बताइन् । 

उनले अर्थ मन्त्रालयले शिक्षा मन्त्रालयलाई दरबन्दी नदिएको अवस्थामा १ हजार ९ सय जनाको दरबन्दी मिलान गर्न बाँकी रहेको बताइन् । उनले प्रधानाध्यापक दरबन्दीमा आर्थिक भार पर्ने भएकाले तीनै तहका सरकारले समान रूपमा खर्च गर्ने गरी कमजोर नतिजा ल्याएका विद्यालयहरूमा सक्षम प्रधानाध्यापक नियुक्ति गर्ने बताइन् । उनले विद्यालयहरूले परीक्षाको भन्दा पनि सिकाईको नतिजा राम्रो ल्याउने बनाउन आवश्यक रहेको बताइन् । उनले नियम कार्यान्वयन गर्नुपर्ने निकाय र व्यक्तिहरू विद्यालय शिक्षा सुधारको लागि कार्यान्वयनको निर्मम हुनुपर्ने बताइन् । उनले राजनीतिमा लागेको शिक्षकलाई प्रदेश,स्थानीय तह र व्यवस्थापन समितिले हटाउन सक्नुपर्ने बताइन् । उनले अहिलेको एसईईको नतिजालाई देखाएर उम्कने छुट कसैलाई नभएको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ