arrow

सुमनालाई जोगाउन ओलीमाथि यसरी खनिए रवि [भिडियो]

विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको ओलीको टिप्पणी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
ravi-angry.jpg

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई लिएर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएका छन् । शिक्षामन्त्री श्रेष्ठको अन्तरदेशीय विवाह लक्षित ओलीको टिप्पणीलाई लिएर लामिछाने खनिएका हुन् । 

लामिछानेले प्रेम गर्ने, विवाह गर्ने भन्नेकुरा व्यक्तिको नितान्त व्यक्तिगत निर्णय भएको उल्लेख गर्दै त्यसलाई अरुले सम्मानबाहेक अरु केही गर्न नसक्ने जिकिर पनि गरे । कोसँग माया गर्ने, कोसँग विवााह गर्ने ? भन्नेकुरा व्यक्तिगत निर्णय भएकाले त्यसमा सम्मानबाहेक अरुले केही पनि गर्न नसक्ने उनको तर्क थियो । 

उपप्रधानमन्त्री लामिछानेले अन्तरजातीय विवाहका लागि कुनै बेला लडार्इं गर्नुपरेको बताए ।ओलीप्रति लक्षित गर्दै उनले नेपाली समाजले अहिले अन्तरदेशीय विवाहको सामना गरिरहनुपरेको बताए । 

अध्यक्ष ओलीले केही दिनअघि विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना लक्षित टिप्पणी गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ