arrow

रविको दाबी- निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल [भिडियो]

भ्रष्टाचारका फाइल खोलेपछि एकरात पनि टिक्न सकेनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
ravi-lam-03-18.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका हुन् । 

मंगलवार पार्टीको पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले आफूले भ्रष्टाचारका फाइल खोल्न थालेपछि रातारात सरकार परिवर्तन हुन प्रयत्न भएको बताए । उनले भ्रष्टाचारका फाइल खोले पनि एकरात पनि टिक्न नसक्ने गरी सरकार बनाउन चलखेल भएको आरोप लगाए ।

उनले भने, ‘अब यो रातारात जे भएको छ, केही भन्नुपर्ने छैन, सबै स्पष्ट नै छ नि । जुन ढङ्गले सरकार अघि बढेको छ । तपाईँहरू नै भन्नुहुन्थ्यो फाइल खोल्नुपर्‍यो, फाइल यस्तो खुल्यो की त्यो एकरात पनि टिक्न नसक्ने भयो । एकाएक संविधान जोगाउनुपर्ने चिन्ता भयो । संविधान जोगाउन खोजेको की कसलाई जोगाउन खोजेको ? त्यति पनि बुझ्न सक्दैन त ।’

उनले एकाएक संविधान जोगाउनुपर्ने चिन्ता कसरी भयो ? भन्दै प्रश्न गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ