arrow

तेह्र करोड ३१ लाख बोरा सिमेन्ट बेच्यो शिवम् सिमेन्टले 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १३ बिहिबार
shivam-cement-logo.jpg

काठमाडौँ । शिवम् सिमेन्टले नेपाली सिमेन्ट जगतमै इतिहास रच्दै सर्वाधिक १३ करोड ३१ लाख बोरा ओपीसी सिमेन्ट बिक्री गर्न सफल भएको छ । 

आफ्नै खानीको चुन ढुङ्गाबाट निर्मित उच्च गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्दै आफ्ना ग्राहक उपभोक्ताको विश्वास र भरोसा जित्न सफल शिवम् सिमेन्ट सर्वसाधारणको लागि शेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी हो ।

शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो । 

आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादन मार्फत यस सम्बन्धलाई थप उचाइ तर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ ।

सन् २००३ मा मध्य नेपालको हेटौडा, मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय उच्च गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरी दैनिक ३००० टन ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ। 

शिवम् सिमेन्ट ओपीसी मात्र उत्पादन गर्ने नेपालकै अग्रणी सिमेन्ट कम्पनी हो । “भरोसा अटुट सम्बन्धको”, क्वालिटीको मामलामा नो कम्परमाइज,  “गुणस्तरको पहिचान हो शिवम्” तथा “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको कम्पनीको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ