arrow

सत्तासमीकरण परिवर्तनलाई लिएर कोही आत्तिनुपर्दैन : शशाङ्क कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
shashanka_koirala1.jpg
फाइल तस्बिर

इनरुवा । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले सत्तासमीकरण परिवर्तनलाई लिएर कोही पनि आत्तिन नपर्ने बताएका छन् । 

नेपाल प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सत्तासमीकरण परिवर्तनपछि केही नेता र पार्टी आत्तिएका बताए । 

प्रतिनिधिसभा सांसद डा कोइरालाले सत्तासमीकरण बदलिएपछि विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आत्तिएको र त्यसैकारण लामिछानेले मङ्गलबार गलत प्रतिक्रिया दिएको उल्लेख गरे । 

कांग्रेस-एमालेबीच समीकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिन आलटाल गर्नु राम्रो नभएको पनि डा कोइरालाको भनाइ छ । 

दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर बन्ने आशङ्का व्यक्त भइरहेको भन्दै उनले दुई पार्टीले राम्रो काम गरेर यस्ता आशङ्का चिर्नुपर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ