मुकुल ढकाल भन्छन् – मलाई पार्टी बैठकमा ह्यारेसमेन्ट गरियो
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
2k
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठकमा आफूलाई ह्यारेसमेन्ट गरेको आरोप लगाएका छन् ।
पार्टीको बैठकपछि बोल्दै महामन्त्री ढकालले बैठक लाइभ नगर्ने भए आफू नबोल्ने भनेर शुरुमै भनेको अवस्थामा आफूलाई ह्यारेसमेन्ट गरेको आरोप लगाएका हुन् ।
उनले भने, ‘महामन्त्रीलाई हटाउन अनुशासनको कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ । दुवै उपसभापतिले अबदेखि महामन्त्री नमान्ने भनेर भनेको अवस्था छ । लाइभ नगरे मैले बोल्दिन भनेर भन्दा बोलकी बोल भनेर ह्यारेसमेन्ट गरियो ।’
उनले अगाडि भने, ‘गोरखा मिडियामा नेटवर्कको भूमिकामा रवि लामिछाने महामन्त्रीको भूमिकामा हुनुहुन्थ्यो त्यसमा सभापति जीबी राईको गल्ती, रास्वपामा भएका सबै गल्ती महामन्त्रीको हुने, भनेपछि उहाँ जुन पदमा हुनुहुन्छ त्यो पदले कहिल्लै गल्ती गर्दैन भन्ने देखिन्छ ।’
साथै उनले आफूले विरोध गरेका कारण कारबाही गर्न लागिएको बताउँदै अब रास्वपा प्रतिपक्षमा बस्दै छ कुन मुखले सरकारको विरोध गर्छ भन्दै प्रश्न गरेका छन् ।
उनले पार्टीमा गरेको शालीन विद्रोहपछि उनलाई पार्टीले एक साताका लागि पदबाट निलम्बन गरेको छ । उनलाई पार्टी प्रवक्ताको जिम्मेवारीबाटसमेत हटाइएको छ ।
यसले पार्टीभित्र उनी थिचिएर बसेका रहेछन् भन्ने पनि स्पष्ट गरेको छ ।